बिबी मार्केटमा गुडलकले गर्याे वेल्डिङसहित तालाबन्दी, व्यवसायी असन्तुष्ट
यस्तो छ, व्यवसायीहरु तिर्न तयार दर
पाेखरा | असोज २६, २०८०
पोखरा: चर्काे धरौटी (१० लाख रुपैयाँ) र चर्काे भाडा शुल्क माग गर्दै पोखरा १० लखनचोकस्थित बिबि मार्केट (हाम्रो बजार) मा गुडलक कम्पनी प्रालिले रातारात तालाबन्दी गरेको छ ।
कृषि समाग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गाको ठेक्का पाएको कम्पनी गुडलक कम्पनी प्रालिले मागेजति धरौटी र भाडा रकम तिर्न व्यवसायी राजी नभएपछि रातारात ७९ वटा सटरमा तालाबन्दी गरेको हो ।
ठेकेदार कम्पनीले तालामात्रै नभएर बन्द सटरमा वेल्डिङ नै गरेको छ । तर गुडलकको उक्त निर्णयप्रति विगत धेरै वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरु असन्तुष्ट छन् ।
ठेक्का पाएको कम्पनीको उक्त हर्कतप्रति आफुहरु सन्तुष्ट नरहेको व्यवसायी तथा बिबी मार्केट व्यवसायी समितिका सदस्य नारायण चापागाईले बताए ।

उनले व्यवसायीहरु समयसापेक्ष भाडा र धरौटी रकम बुझाउने पक्षमा रहेको सुनाए ।
‘हामी भाडा र धरौटी नतिर्ने पक्षमा हामी छैनौं । हामी फ्रिमा बस्छौ पनि भनेका छैनौ, उनले भने, ‘हामीले उहाँहरुलाई फाइदा हुनेगरी नै व्यवहारिक र समय सापेक्ष भाडादर तिर्न तयार छौं । तर उहाँहरुले मागेको धरौटी र भाडा अस्वाभाविक बढी छ ।’
केसीले सटरको आकार र भाडादरअनुसार धरौटी राख्न तयार रहेको बताए । तर गुडलकले धरौटी रकम फिर्ता नहुने भएकाले सम्झौता नगरेको उनले बताए ।
‘धरौटी मात्रै १० लाख रे त्यो पनि फिर्ता नहुने । त्यस्तो पनि हुन्छ । धरौटी फिर्ता नहुने भन्ने हुदैन । हामीले उहाँहरुलाई फिर्ता हुनेगरी सटरको आकार हेरेर भाडा तिर्न र धरौटी राख्न तयार छौ,’ उनले भने ।
यस्तो छ, व्यवसायीहरु तिर्न तयार दर
स्थानीय व्यवसायीहरुका अनुसार ८० वटा सटरमध्ये ‘क’ वर्षका २३ वटा सटर छन्, ‘ख’ वर्गका ५ वटा र ‘ग’ वर्गका ५१ वटा सटर छन् ।
जसमध्ये पहिलो वर्गको सटरको भाडा प्रति महिना ३२ हजार, दोस्रो वर्गको २२ हजार र ‘ग’ वर्गको सटरको भाडा ६ हजार ५ सय तिर्न तयार छन् ।
व्यवसायीले ‘क’ वर्ग (२३ वटा सटर) को प्रति महिना ७ लाख ३६ हजार रुपैयाँ तयार छन् । यस्तै ‘ख’ वर्ग (५ वटा सटर) १ लाख १० हजार र ‘ग’ वर्ग (५२ वटा सटर) ३ लाख ३१ हजार ५ सय रुपैयाँ भाडा तिर्न राजी छन् ।
यस्तै फिर्ता हुनेगरी ‘क’ वर्गको सटरधनिले ३ लाख ५० हजार ‘ख’ वर्गको सटरधनिले ३ लाख र ‘ग’ वर्गको सटरधनिले ६० हजारको दरले धरौटी बुझाउन राजी छन् तर गुडलकले पर्वको मौका पारेर प्रति सटर १० लाख धरौटी र प्रति महिना प्रति सटर ५० हजार निर्धारण गरेको उनीहरुको तर्क छ । जुन व्यवसायीका अनुसार समयसापेक्ष निकै चर्काे हो ।

‘तिरिरहेको भाडाको २० प्रतिशत वृद्धि गरेर पनि भाडा तिर्न तयार छौ । हामी समय सापेक्ष डिपोजिट पनि दिन तयार छौं तर फिर्ता हुने सर्तमा । धरौटी भनेको कदमकदाचित समयमै भाडा तिर्न नसक्दा त्यहीबाट भाडा कतौटी गर्ने भन्ने हो नि, ‘व्यवसायी नारायण चापागाईले सुनगाभा न्यूजसँग भने, ‘हामीलाई दशैंको मुखमा ताला लगाउन भएन व्यवसाय गर्न पाउनुपर्याे हामी समयसापेक्ष भाडा तिर्न तयार छौ ।’
उनले पटक पटक वार्ता बस्दासमेत निष्कर्ष ननिस्केको बताउदै जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका र कृषि समाग्री कम्पनी लिमिटेडलाई निवेदन दिएको बताए । ‘वार्ता बसिसकेको अवस्था छ । निष्कर्षबिहीन भएपछि सिडिओ, महानगरलाई घटनासम्बन्धि निवेदन दिएका छौ,’ उनले भने ।
कृषि समाग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गाको ठेक्का पाएको गुडलक कम्पनी प्रालिले सम्झौता (६ वर्ष) को पहिलो २ वर्षका लागि प्रतिमहिना ८ लाख ३१ हजार ६ सय ५६ रुपैयाँमा तिर्नुपर्ने उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

